हजुर, त्यसलाई नराम्रो नसम्झनु होला। हामीले यस्तो verification गर्नुको मुख्य कारण third-party payment जस्तै अरू कसैको bank account वा wallet बाट unauthorized payment हुने, वा बच्चाहरूले आफ्ना आमाबुबाको mobile/bank account बाट payment गर्ने जस्ता समस्याहरू नआओस् भनेर हो।
साथै, हजुरको नम्बरमा फोन गर्दा phone switch off आउने वा call receive नहुने जस्ता अवस्था हुँदा पनि हामीलाई payment को बारेमा केही शंका उत्पन्न हुन सक्छ। त्यसैले customer वास्तविक व्यक्ति नै हो र payment पनि सही व्यक्तिबाट भएको हो भन्ने confirm गर्न हामीले केही details verify गर्ने गरेका हौँ।
यसलाई नराम्रो नसम्झनु होला। यो verification customer र हाम्रो दुवै पक्षलाई सुरक्षित राख्नका लागि मात्र हो। 🙏